सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २३ फागुन । हिन्दू धर्मालम्बीहरुको महान् पर्व होली आज बिहानैदेखि तराईका पूर्वी क्षेत्रमा उत्साहका साथ मनाइँदैछ । सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको छ ।
छठ पर्वमा ठेकुवाको महत्व हुन्छ भने होली पर्वमा मालपुवा र दालपुरीको विशेष महत्व हुन्छ । होली पर्व मनाउनेहरु अनिवार्य रुपमा मालपुवा पकाएर घरको देउतालाई चढाउने गर्छन् । यस पर्वमा अधिकांश व्यक्तिहरु मासु पकाएर खाने गर्छन् ।
पहाडी जिल्लामा फागुपूर्णिमाका दिन होली खेलेर होलीका दहन गरी पर्व सम्पन्न गर्छन् भने तराईका जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् बेलुकीको समयमा होलीका दहन गरी अर्को बिहान होली पर्व मनाउने गरिएको छ ।
वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।
असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।तराईका धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, झापा, मोरङ, सुनसरी, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा आज बिहानैदेखि होली मनाउनेहरुको चहलपहल बढेको छ ।
सरकारले होलीको लागी तराईमा सार्वजनिक विदा दिएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा