सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ०३ फागुन । लम्की चुहा नगरपालिकाका कर्मचारीमाथी हातपात भएको भन्दै कार्यरत कर्मचारीहरुले सेवा प्रवाह बन्द गर्ने चेतावनी दिएका छन् ।
कर्मचारीहरुले प्रेस विज्ञप्ति जारी गर्दै बुधबार आर.डी इन्जिनियरिङ सोलुसनका प्रतिनिधि दिपेन्द्र शाही र प्रकाश शाहीले नगरपालिकाको भवन तथा वस्ती विकास उपशाखा भित्र प्रवेश गरेर उपशाखा प्रमुख इन्जिनियर प्रशान्त अधिकारीमाथी हातपात भएको र महत्त्वपूर्ण कागजात र सामाग्रीमाथि क्षती पुर्याउने प्रयास गरेको दाबी गरेका छन् । विज्ञप्तिमार्फत कर्मचारीमाथि हातपात गरि सार्वजनिक निकायमा आतंक फैलाउने दुईजनालाई कानुनी कारबाही माग गर्दै उनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही प्रक्रिया अगाडी नबढाएसम्म कार्यालयद्वारा प्रवाह हुने अत्यावश्यक बाहेकका सेवासुविधा बन्द गर्ने चेतावनी दिइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले निर्माण व्यवसायी दुईजनाले ठेक्काको रकम भुक्तानी नपाएको झोकमा प्राविधिकमाथी हातपात भएको बताए । उनले बिल पास गर्न प्रक्रियागत रुपमा आउनुपर्नेमा सिधै रकम नदिएको भन्दै दुईजनाले यो सब गरेकोप्रति कर्मचारीहरुले आज सेवा नै बन्द गर्नुपरेको सेतो खबरलाई जानकारी दिए ।
प्रमुख बुढाका अनुसार उक्त निर्माण कम्पनीले वडा नं. ५ को सडकको बिलको भुक्तानी पाउनुपर्ने थियो तर उनीहरु सबै कागजातसहित प्रक्रियागत रुपमा आएका थिएनन्न ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा