सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २६ माघ । एक महिना नपुग्दै सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । पुस २७ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका राजेन्द्र सिंह रावलले बिहीवार संविधानको धारा १६८ कै उपधारा ३ बमोजिम प्रदेश सभाबाट विश्वासको मत नपाउदा सरकार ढलेको हो ।
प्रदेशमा निर्णायक नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरुले मत नदिदा रावल पदमुक्त भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको महिना दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार रावलले आज मत लिनुपर्थ्यो तर उनले विश्वासको मत पाउन नसक्दा महिना दिनभित्रै सरकारबाट बाहिरिनु परेको हो ।
पुस २७ गते नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यको समर्थनमै रावल नियुक्त भएका थिए । उनको पक्षमा एमालेका १०, माओवादीका सभामुखबाहेक १० र राप्रपाका १ सदस्य उभिदा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सदस्य विपक्षमा उभिएका थिए भने नागरिक उन्मुक्तिका ७ जना बैठकमा अनुपस्थित भएका थिए ।
अब संसदको ठूलो दलको हैसियतले नेपाली कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कमल बहादुर शाहलाई सभामुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा