सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हाम्रो वरिपरि यस्ता धेरै ब्यक्तिहरु हुन्छन् जसलाई हामी मन पराउछौ, कुनैलाई साथी बनाउन चाहन्छौ, कसैलाई थ्याङक यू भन्न रुचाउछौ, कसैलाई मन पराउछौ त कसैसँग वन साइट लभ पनि गछौ । यस्ता मनमा भएका कुराहरुलाई पोख्ने एउटा परफेक्ट दिन हो भ्यालेनटाइन डे । जब तपाई आफनो लभ, एफेक्शन र अट्रयाक्शनलाई गुलाबको एउटा फुलबाट पनि प्रकट गर्न सक्नुहुन्छ । तर गुलाबको फुल दिदा एउटा कुरामा तपाईले ध्यान दिनु र विचार पुर्याउनु अत्यावश्यक हुन्छ ।
गुलाबको अलग–अलग रंगको फुलले अलग–अलग फिलिंग्स प्रकट गर्दछ । आफनो प्रेमी–प्रेमीका लाई कुन रंगको गुलाब दिदा मायाको भाव तथा प्रेम प्रकट हुन्छ त्यो जान्न अत्यावश्यक हुन्छ ।
रातो गुलाब: रातो गुलाब दिनुको मतलब माया प्रकट गर्नु हो । यती मात्र होइन रातो गुलाबले तपाईको रोमान्टिक नेचर र पार्टनरको लागी तपाईको साँचो मायालाई पनि प्रकट गर्दछ । भ्यालेनटाइनको दिन फुलको पसलहरुमा रातो रंगको गुलाब सबैभन्दा धेरै देखिन्छ । कुनै ब्यक्तिसँग पहिलो पटक मायाको कुरा गर्न गईरहनुभएको छ भने वा पार्टनरलाई आइ लभ यू भन्न गइराख्नु भएको छ भने रातो गुलाबले तपाईको कामलाई अझ सजिलो बनाउनेछ ।
सेतो गुलाब: सेतो गुलाबलाई धेरैजसो विवाहको सजावटमा प्रयोग गरिन्छ त्यसको आसय भनेको नयाँ शुरुवात । यसको साथै सेतो गुलाब शुद्धता, साँचो र विनम्रताको प्रतिक हो । भ्यालेनटाइन डे को मौकामा कसैलाई सेतो गुलाब दिनुको मतलब हुन्छ कि तपाई उसलाई बताउन खोजिरहनुभएको छ कि ।
पहेलो गुलाब फिल्ममा, किताबमा यो डाइलग त सुन्नु भएको होला तपाईको मायाँ साथी स्वरुप हो भने आफनो यो विशेष साथीलाई भ्यालेनटाइन डे को मौकामा पहेलो गुलाब दिएर मायाँ प्रेम शो गर्नुहोस् । आज भन्दा केही बर्ष पहिला पहेलो गुलाब जलनको भावना प्रकट गर्दथ्यो तर आज यसलाई साथीत््व, खुशीयाली र केयर शो को लागी दिइन्छ ।
गुलाबी गुलाब कसैको सुन्दरताको बर्णन गर्नु छ भने त्यसलाई गुलाबी गुलाब दिनुहोस् । साधारणतय गुलाबी गुलाबलाई तपाई ग्रेस, शान जस्ता दोस्रो फिलिङग्स् लाई पनि प्रकट गर्नको लागी प्रयोग गर्न सक्नुहुनेछ । यदि कोही तपाईको धेरै नै विशेष छन्, कसैलाई मन पराउनुहुन्छ भने गुलाबी गुलाब दिने आइडिया रहनेछ वेस्ट ।
पिच गुलाब भ्यालेनटाइन डे को दिन कसैलाई थ्याङक यू भन्ना खोजीरहनु भएको छ भने पिच कलरको गुलाब दिनुहोस् । यसको साथै कसैको तारिफ गर्नु छ भने पनि तपाई पिच कलरको गुलाब दिन सक्नुहुन्छ ।
अरेन्ज गुलाब सम्बन्ध प्रगाढ र जोशलाई निरन्तरता राख्नको लागी साथै तपाईको उत्साह र डिजायर लाई प्रकट गर्छ अरेन्ज गुलाबले । यदि तपाई कसैप्रति आकर्षित हुनुहुन्छ र उसलाई धेरै मन पराउनुहुन्छ भने आफनो मनको कुरा भन्दिनुहोस् अरेन्ज गुलाब दिएर ।
पर्पल गुलाब Love at first sight को सिन छ भने त्यसलाई प्रकट गर्नु पनि जरुरी छ । यो छुट्टै फिलिङको लागी नै हो यो अलग रंगको गुलाब , पर्पल गुलाब दिनुले यो कुरालाई पनि प्रकट गर्दछ कि तपाई कुनै स्पेशलसँग आफनो फ्रेन्डशिपलाई अगाडि बढाउन चाहनुहुन्छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा