सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २० माघ । कैलाली क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी एक दशक पुरानो मुद्दामा फरार प्रतिवादी भन्दै बिहीबार बाँकेबाट पक्राउ परेसंगै पार्टीले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले एक विज्ञप्ति जारी गर्दै सरकार र २०६६ भाद्र ३ गतेका आन्दोलनकारी (थरुहट, थारुवान) बीच समझदारी भई सकेको विषयमा फेरि उठाएर आफ्नो पार्टीको सांसदलाई पक्राउ गरिएकोप्रति घोर भत्सर्ना गर्दै खेद प्रकट गरेको उल्लेख छ । सांसद चौधरी कतै फरार नभई यो बीचमा भएका स्थानीय, प्रदेश, संघका चार वटा चुनाव लड्दा निर्वाचन आयोग र राज्यले फरार प्रतिवादी नदेखेको तर अहिले नागरिक उन्मुक्तिबाट चुनाव जितेसंगै पुर्वाग्रही आँखाले हेरिएको र फेरि थारुहरुमाथी विभेदपुर्ण व्यवहार देखाएको पार्टीको दाबी छ ।
यदि २४ घण्टाभित्र सांसद चौधरीलाई रिहा नगरे त्यसपछि घट्ने घटनाको परिणाम दोषी सरकार र सम्बन्धित निकाय हुने चेतावनी दिदै पार्टीका नेता, कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन विज्ञप्तिमा उल्लेख छ ।
२०६६ भदौ ३ गते सांसद चौधरीसहितको टिमले लु.२ त २११ नम्बरको ट्याक्टरमा आगजनी गरेको भन्दै महादेव बज्गाईंले घटना घटेको १ वर्ष पुग्नै लाग्दा जाहेरी दिएका थिए । उनको जाहेरीले सांसद चौधरीसहित वीरबहादुर चौधरी, पर्शुराम चौधरीलाई दोषी ठहर गर्दै २०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले ६ महिना कैद सजाय र ८ लाख १९ हजार ४२३ विगो भराउने फैसला गरेको थियो । फैसला भएको एक दशक पुग्नै लाग्दा पनि सांसद चौधरीसहित तिनै जना पक्राउ परेका थिएनन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा