सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय, काठमाडौं । अभिनेत्री एलिजा गौतम शनिवार रेशम चौधरी संरक्षक नागरिक उन्मुक्ति पार्टी प्रवेश गरिकी छन् । उनको पार्टी प्रवेश संगै गैर सांसदलाई पनि ६ महिनासम्म मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्थाका कारण पार्टी प्रवेश गरेको भन्दै चर्चा सुरु भएको छ ।
यो विषयमा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले उनको पार्टी प्रवेश मन्त्री पदका लागि नभएको दाबी गरेका छन् । उनले अभिनेत्री गौतमलाई आफ्नो पार्टीको सिद्धान्त, उद्देश्य मन परेर पार्टी प्रवेश गरेको बताएका छन् । ‘कुनै मन्त्री वा अन्य पदको सर्त राखेर उहाँले पार्टी प्रवेश गर्नुभएको हैन,’ प्रवक्ताले भने, ‘उहाँलाई हाम्रो पार्टीको सिद्धान्त, उद्देश्य मन परेर आउनुभएको हो ।’
६ महिना मन्त्री बनाउन पार्टी प्रवेश गराइएको भनेर भइरहेको चर्चा निराधार भएको उनको दाबी छ । यसका साथै उनले आफ्नो पार्टीको एउटै माग रेशम चौधरी लगायत टीकापुर घटनाका राजबन्दीहरुको रिहाइ रहेको बताउदै यदि त्यो माग पूरा नभए सरकारका सहभागी नहुनेसमेत दाबी गरेका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा