सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर, १६ माघ । टीकापुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको टीकापुर महोत्सव २०७९ को आज एक कार्यक्रमका बीच समापन हुदैछ । समापन कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल रहेको सघंले जानकारी दिएको छ ।
कोरोना भाइरसको महामारीका कारण अघिल्ला वर्ष हुन नसकेको महोत्सव दुई वर्षपछि आयोजना गरिएको हो । यही माघ ४ गतेदेखि १५ गतेसम्मका लागि आयोजना गरिने भनिएको महोत्सव वर्षाका कारण बीचमा रोकिएपछि एक दिन थप गरिएको उद्योग वाणिज्य संघका सदस्य एवं सूचना तथा सञ्चार उपसमितीका संयोजक प्रकाश तिमिल्सिनाले जानकारी दिए ।
उनले दर्शकहरुको उपस्थिति आफुले अनुमान गरेको भन्दा राम्रो भएको बताए । पानी परेको बाहेक प्रतिदिन औसतमा २० हजारभन्दा बढीले महोत्सव अवलोकन गरेको र जम्माजम्मी २ लाख भन्दा बढीले महोत्सव अवलोकन गरेको संयोजक तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार ४५ लाख बराबरको टिकट बिक्री भएको छ ।
यस्तै एक सय ५० स्टल रहेकोमा स्वउत्पादन र कृषि प्रर्दशनीका निःशुल्क स्टलको व्यवस्था गरेको उद्योग वाणिज्य संघका सदस्य एवं स्टल व्यवस्थापन उपसमिती संयोजक बम बहादुर ओलीले जानकारी दिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा