सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ माघ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली नागरिकताको प्रमाणपत्र लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय पुगेसँगै सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयको हाताभित्र ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रशासन कार्यालयमा पुर्व गृहमन्त्री नागरिकता प्राप्तिका लागी पुगेसँगै ठुलो संख्यामा सञ्चारकर्मिहरु पनि उपस्थित भएका छन् । सुरक्षाकर्मी, सञ्चारकर्मि लगायतको भिडले अहिले प्रशासनमा ठुलो भिड लागेको छ । जसका कारण अन्य अन्य सेवाग्राहीले सास्ती भोगेका छन् ।
नागरिकताको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए।
सर्वोच्च अदालतले लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको थियो। उनले पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमाएका थिए।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा