सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, ७ माघ । नेपालमा अधुनिकता र विलासिनताको प्रचलन बढे संगै सौखिन जिवन बिताउने बहानामा सुर्तिजन्य पदार्थ प्रयोग तथा सेवन गर्नेको संख्या तिव्र बृद्दि भईरहेको छ । सुर्तिजन्य पदार्थको प्रयोगले मानिसको सामाजिक, आर्थीक, पारिवारिक तथा मनोवैज्ञानिकका साथै मानिसको स्वास्थ्यमा पार्ने असर थाहा नभई सेवन गर्नेहरु बिरलै होलान ।
यद्यपि यसलाई न्युनिकरण गर्न र सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थहरु प्रयोग नगर्न नेपाल सरकार तथा विभिन्न प्रदेश सरकारहरुले निती तथा ऐन निर्माण पनि नगरेका होईनन । ऐन निर्माण गरीसकेपछी नियमन तथा अनुगमन गरिदिने कसले ? गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७६ साल देखी सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन बनाएको त छ तर प्रदेश भरि न कसैले सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ सेवन गरेको भनि जरिवाना पाएको छ न त सुर्तिजन्य पदार्थ सेवनको क्रमनै रोकिएको छैन । ऐनमा कडा व्यवस्था गरिएपनि सचेतना र अनुगमन नहुँदा सुर्तिजन्य पदार्थ सेवन गर्नेको क्रम रोकीएको छैन ।
ऐन अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न मिल्दैन । व्यवस्थापकले कारागार, विमानस्थल, रेष्टुरेन्ट वा होटल वा तोकिएको अन्य कुनै खास ठाउँमा अन्य व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्ने ऐनमा उल्लेख छ ।
सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०७६ का अनुसार ‘कसैले पनि अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन ।’
ऐन बमोजिम कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, जेष्ठ नागरिक आश्रम, पुनर्स्थापना केन्द्र, अनाथालय र नेपाल सरकार तथा प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन । विद्यालय तथा विश्वविद्यालयको पोशाक लगाई सुर्तिजन्य पदार्थ खरिद गर्न जाने जुनसुकै उमेरको विद्यार्थीलाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न पाइने छैन ।
कसैले ऐनविपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरे वा नगरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरू पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षकले आफ्नो क्षेत्राधिकारभित्रको जुनसुकै सार्वजनिक स्थलको निरीक्षण गर्न सक्ने स्पष्ट व्यवस्था छ ।
निरीक्षण गर्दा कसैले सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरू पूरा गरेको नदेखिएमा निरीक्षकले त्यस्तो ठाउँमा धूम्रपान वा सुर्ती सेवन गर्न रोक लगाउन वा यस ऐन बमोजिम गर्नुपर्ने कुराहरू पूरा गर्न सम्बन्धित उत्पादक वा व्यवस्थापकलाई निर्देशन दिन वा ध्यानाकर्षण गराउन सक्ने ऐनमा भनिएको छ ।
धुम्रपान तथा सुर्ति सेवनले नागरिकमा पारेको आर्थीक, सामाजिक तथा मनोबैज्ञानिक असर र प्रत्यक्ष रुपमा प्रयोगकर्ता र नजिकैबस्ने अन्य ब्यक्तिको स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गरी कास्की जिल्ला अन्तर्गतका सवै सामुदायिक प्रहरी सेवा केन्द्रहरुले सुर्तीजन्य पदार्थ प्रयोगमा न्युनिकरण तथा सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ प्रयोगमा रोक लगाउन अभियाननै सञ्चालन गरेका छन् । अभियानको पहिलो कर्यक्रममा आज सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र लेखनाथले जनचेतनामुलक रेली सम्पन्न गरेको छ । सुर्तिजन्य पदार्थहरुको प्रयोग तथा जथाभावि विक्रिवितरण रोक्न प्रयोग नगरी नहुने अवस्थामा पनि सार्वजनिक स्थलमा प्रयोग नगर्न जनचेतना फैलाउदै लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रले उक्त रेली तथा जनचेतनामुलक कार्यक्रम गरको हो । पोखरा-२६ तालचोक देखि वेगनासताल सम्म रेली जनचेतनामुलक जिङगल, भजन कृतन र प्ले-कार्डहरुसहीत गरिएको उक्त कार्यक्रममको उद्घाटन गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले गर्नुभएको थियो । वेगनासताल पुगेपछी कोणसभामा परिणत भएक उक्त रेलिलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा रहने सबै समुदाय र वयक्तित्वहरु सभ्य समाज सुधारका ईन्जिनियरहरु भएको बताउदै सवैजनाको साथ सहयोग र निगरानिमा मात्र सार्वजनिक स्थल सुर्तिजन्य पदार्थ मुक्त रहने बताउनुभयो । प्रमुख अतिथि गुरुङले सुर्तिजन्य पदार्थ प्रयोगकर्ताहरु आफैले प्रतिज्ञा गरी यस्ता लतहरु छाडेमा स्वत समाजमा परिवर्तन आउने समेत बताउनुभएको थियो । कार्यक्रममा कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, कास्की जिल्ला स्वास्थ्य महाशाखाका निमित्त प्रमूख लगायत ले आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यलय गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरिक्षक,स्थानिय जनप्रतिनिधी सामुदायिक प्रहरी सेवाकेन्द्र जिल्ला समन्वय कास्कीका निमित्त प्रमुख तथा विभिन्न सामुदायिक सेवा केन्द्रका प्रतिनिधी र संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई समापन गर्दै सामुदायिक सेवाकेन्द्र तथा प्रहरी सेवा लेखनाथका अध्यक्ष कृष्ण अधीकारीले उपस्थित सम्पुर्णलाई हार्दिक आभार प्रकट गर्दै सम्पुर्णलाई परिवर्तन आफु र आफ्नो परिवारदेखी सुरुवात गर्न आग्रह गर्नुभएको थियो ।
जनचेतनामुलक कार्यक्रम त सुरुवात मात्रै अव सवै सरोकारवाला निकाय र नेपाल सरकारले सुर्तिजन्य पदार्थको प्रयोग न्युनिकरणका लागि छीट्टै कुनै निर्देशन नगर्नेहो भने गण्डकी प्रदेशमा मात्र नभई देशैभर यसको असर पर्नेछ । सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ प्रयोग नगर्ने मानिस बसिसक्ने हुनेछैन र क्यान्सर, हृदयघात कस्ता रोगले थलिएका मानिस घरघरमा हुनेछन । त्यसैले सरकारी तवरबाट कुनै निर्देशन होस या नहोस सभ्यता अफैबाट बिकास गर्नुपर्छ , धुम्रपान र सुर्तिजन्य पदार्थहरु प्रयोग नगरौ अत्वाश्यकनै भएपनि सार्वजनिक स्थलमा प्रयोग नगरौ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा