सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, ५ माघ । नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति पुस २९ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक गुरुङलाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यलय प्रमुखहरुले पुष्प गुच्छा सहीत स्वागत गर्नुभएको थियो । स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक गुरुङले गण्डकी प्रदेश प्रहरी कार्यलय मातहतका सम्पुर्ण प्रहरी कार्यालय प्रमुखहरुसंगको भिडियो कन्फेरेन्स मार्फत ११ ओटै जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रहरी जनशक्तिका विषयमा जानकारी लिनुभयो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा