सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएका छन् ।
प्रदेश सभा बैठकमा आज बिहीवार भएको मत विभाजनमा मुख्यमन्त्री गिरीले बहुमत सांसदको मत पाउनुभएको हो । नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभएका गिरीलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी ५७ जना सांसदले मत दिएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले गिरीको विपक्षमा मतदान गरेका छन् ।
लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद रहेका छन् । गिरी गएको पुस २७ गते ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा