सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३० । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा तोलामा १ हजार ६०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा १ हजार ६०० रुपैयाँले बढेर १ लाख ३ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै, यसबीचमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ४०० रुपैयाँ पुगेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार एकै दिन १ हजार रुपैयाँले सुनको मूल्य बढेको थियो । यस्तै, सोमबार ५०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ४०० ले घटेको थियो । यस्तै, बुधबार ३०० ले घटेको सुनको मूल्य बिहीबार २०० र शुक्रबार ५०० ले बढेको महासंघले जनाएको छ ।
यस्तै, यो साता चाँदीको मूल्य भने स्थिर रहेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सोही मूल्यमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार पनि सोही मूल्य कायम छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा