सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, ३ मंसिर । मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि कैलालीमा सम्पुर्ण तयारी सकिएको छ ।
निर्वाचन कार्यालय कैलालीमा मुख्य निर्वाचन अधिकृत प्रेम भट्टले निर्वाचनको सम्पुर्ण तयारी सकिएको र जिल्लाका सबै मतदान केन्द्रहरुमा आवश्यक सामाग्रीहरु पठाइसकेको बताए । उनले निर्वाचनलाई निष्पक्ष र स्वच्छ वातावरणमा सम्पन्न गर्न कर्मचारी र स्वयंसेवकलाई प्रत्येक मतदान केन्द्रमा पठाइसकेको बताए । “हाम्रो जिल्लामा निर्वाचनको लगभग सबै तयारी सकिएको छ । प्रत्येक मतदान केन्द्रमा मतपेटिका, मतपत्र, अनुसूची फारम लगायतका सबै सामाग्री पठाइसकेका छौं”, उनले भने, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष वातावरणमा सम्पन्न गर्न पाँच हजार ७२ कर्मचारी र दुई हजार पाँच सय ३६ स्वयंसेवकसेवकलाई आआफ्नो मतदान केन्द्रमा पठाएका छौं ।
उनले स्थानीय तहको निर्वाचनमा कैलालीमा ६८ प्रतिशत मत खसेको र यो निर्वाचनमा यो भन्दा बढी मत खस्ने अनुमान गरिएकोसमेत जानकारी दिए । मतदान गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकोले सबै मतदातालाई मतदानका लागि आयोगले अपिलसमेत गरेको बताए ।
त्यस्तै निर्वाचनलाई धादलीरहित शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न जिल्लामा एक हजार सात सय ३२ नेपाल प्रहरी र दुई हजार आठ सय १२ म्यादी प्रहरी गरेर चार हजार पाँच सय ४४ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । उनले ३ खालका मतदान स्थल भएकाले मतदान स्थल अन्तर्गत मतदान केन्द्रहरुको संख्याका आधारमा सुरक्षाकर्मी खटाइएको र यसका अतिरिक्त प्रत्येक स्थानीय तहमा दुईवटा र धनगढी उपमहानगरपालिकामा तीनवटा मोबाइल टोली खटाइएको बताए ।
प्रवक्ता जोशीले सामान्य मतदान स्थलमा ३ जना प्रहरी र ५ जना म्यादी प्रहरी, संवेदनशीलमा ३ जना प्रहरी, ६ जना म्यादी र अति संवेदनशीलमा ३ जना प्रहरी र ९ जना म्यादी खटाइएको जानकारी दिए । उनका अनुसार कैलालीमा ५३ सामान्य, १३१ संवेदनशील र ५३ अति संवेदनशील गरि गरि जम्मा २ सय ३७ मतदान स्थल र ६२९ मतदान केन्द्र रहेका छन् ।
यसका अलावा सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सुरक्षा संयन्त्र बनाएको र नेपाली सेनाको बम डिस्पोजल टोली पनि तैनाथ रहने उनले जानकारी दिए । “निर्वाचनमा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न साढे चार हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मतदान स्थल अन्तर्गत मतदान केन्द्रको संख्या र संवेदनशीलताका आधारमा प्रहरी र म्यादी प्रहरी खटाउछौं”, जोशीले भने, “यसका अलावा सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन हुन्छन् र सेनाको बम डिस्पोजल टोली पनि तयारी अवस्थामा रहन्छन् ।”
अन्य भन्दा पनि अहिले निर्वाचन विरोधी गतिविधि गर्ने केही टोली, केही राजनीतिक दलका कारण केही चुनौती भएको बताउदै हरेक मतदान केन्द्र र स्थानीय तहमा खटिएका सुरक्षाकर्मी र मोबाइल टोलीले यस्ता गतिविधि गर्नेहरुलाई रोक्ने उनले जानकारी दिए । प्रवक्ता जोशीले कतै केही घटना भए केही मिनेट मै उक्त स्थानमा सुरक्षा टोली पुग्ने भएकाले बिना डर मतदान गर्न मतदातालाई आग्रह समेत गरे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा