सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ०८ । कैलालीमा लक्षित सुरक्षा कडा पारिएको छ । जिल्लाका सबै ठाउँमा चेकजाँचदेखि रात्री गस्तीसम्म भइरहेको कैलाली प्रहरीले जनाएको छ ।
लक्षितको समयमा हुने सम्भावित घटना, दुर्घटनालाई कम गर्न प्रहरी सजग रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले बताएका छन् ।
सेतो खबरसँग कुरा गर्दै एसपी राठोरले दशैंमा सडक दुर्घटनादेखि, झैझगडा, हत्याहिंसाजस्ता घटना, लागूऔषध कारोबार बढ्नसक्ने भएकाले कैलालीमा एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र सशस्त्र प्रहरीसँग सहकार्य गरेर सिमानाकामा चेकजाँचमा थप कडाइ गरिने बताए । “दशैंमा हुने घटना, दुर्घटनाप्रति कैलाली प्रहरी सजग छ, त्यसैलाई कन्ट्रोल गर्न रात्री गस्तीदेखि चेकिङमा अझ कडाई गर्ने काम सुरु गरेका छौं”, उनले भनेँ, “करिब हजारभन्दा बढी प्रहरी परिचालन गर्छौं भने सशस्त्रसँग सहकार्य गरेर सिमानाकामा पनि थप कडाइ गर्छौं ।”
त्यस्तै उनले सडक दुर्घटना न्यूनीकरण, क्षमताभन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने यात्रुबाहक सवारीलाई कारबाहीका लागि चिसापानीदेखि अत्तरियासम्म १२ ठाउँमा चेक गरिने जानकारी दिए । धनगढीदेखि आआफ्नो गन्तव्यस्थान मुख्यतः पहाडी जिल्ला जाने यात्रुहरुलाई मध्यनजर गर्दै अत्तरिया, गोदावरीमा सवारीसाधन चेक गरि बढी यात्रु हालेको पाइएमा ठाउँको ठाउँ झारिने बताए । “क्षमताभन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिनेलाई कारबाही गर्न ट्राफिक प्रहरीसँगको सहकार्यमा चिसापानीदेखि अत्तरियासम्म १२ ठाउँमा चेकजाँच गरिनेछ”, एसपी राठोरले भनेँ, “यहाँ भर्खर पानी पर्न सुरु भएकोछ त्यसैले पनि धनगढीदेखि पहाडी जिल्ला जाने यात्रुबाहक बसलाई क्षमताभन्दा बढी यात्रु हाल्न दिइनेछैन, अत्तरियादेखी गोदावरी, त्योभन्दा माथि पनि ठाउँ ठाउँमा चेकिङ गरिनेछ ।”
उनले दशैं सबैले शान्तिपुर्ण तरिकाले, समाजमा कुनै असर नपर्ने गरि मनाउन र कुनै किसिमको अपराधिक काम नगर्न पनि आग्रह गरेका छन् । त्यस्तै पहाडी जिल्ला जाने यात्रुहरुलाई मौसम र सडकको अवस्था बुझेर यात्रा गर्न पनि आग्रह गरेका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा