सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ०७ । कैलाली जिल्लामा दश हजारभन्दा बढी मतदाता थपिएका छन् । गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनपछि जिल्लामा दश हजार तीन सय ८९ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिनुभयो ।
उहाँले आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागीको हुने मतदाताको संख्या पाँच लाख ३५ हजार पाँच सय १४ रहेको बताउनुभयो । जसमध्ये पुरुष मतदाता दुई लाख ६१ हजार छ सय २०, महिला मतदाता दुई लाख ७३ हजार आठ सय ८३ र अन्य मतदाता ११ रहेको निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभयो । उहाँले गत स्थानीय तहको निर्वाचनमा पाँच लाख २५ हजार एक सय २५ मतदाता सहभागी रहेकोमा पाँच महिनामै धेरै मतदाता थपिएको बताउनुभयो ।
मतदाता थपिएसँगै कैलालीमा मतदान स्थल र मतदान केन्द्र पनि थपिएका छन् । टीकापुर नगरपालिका १ को टीकापुर बहुमुखी क्याम्पस मतदान स्थल र जिल्लाका विभिन्न १० ठाउँमा मतदान केन्द्र थप भएको बताउदै थप भएपछि जिल्लामा दुई सय ३७ मतदान स्थल र छ सय २९ मतदान केन्द्र पुगेको निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभयो । “स्थानीय तहको निर्वाचनपछिको पाँच महिनाको अवधिमै दश हजारभन्दा बढी मतदाता थपिएका छनू”, उहाँले भन्नुभयो, “मतदाता थप भएपछी एउटा मतदान स्थल, दश ठाउँमा मतदान केन्द्र पनि थपिएका छन् । एउटा मतदान केन्द्र बराबर एक हजार मतदाता भएकाले थप्नुपरेको हो ।”
कैलालीमा पाँच वटा प्रतिनिधि सभा क्षेत्र र १० वटा प्रदेश सभा क्षेत्र छन् । आगामी दुई तहको चुनावका लागि तयारी अगाडी बढाइएको निर्वाचन अधिकृत भट्टले बताउनुभयो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा