सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ०६ । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको तयारीमा राजनीतिक दल व्यस्त छन् ।
मुख्य दलहरु कहाँबाट कसलाई उम्मेदवार बनाउनेमा छलफलमा छन् भने नेताहरु टिकटको लागि दौडधुपमा देखिन्छन् । यहि बीचमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई २०७४ को चुनावमा आफ्नो दलले बहुमत पाएको दम्भ देखिन्छ । तर एमाले अध्यक्ष केपी शर्मा ओली माओवादीसंगको गठबन्धनलाई सम्झनै नचाही उल्टै माओवादीलाई आफुले नै सहारा दिएकोसम्म भन्न भ्याउछन् ।
उनी यहि दम्भमा टेकेर यो चुनावमा पनि एमालेले बहुमत ल्याउने दाबी गरिरहेका छन् । बिहीवार मात्र पुर्व आइजिपी सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रममा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा सत्तारुढ दलहरुले गरेको विरोधको विषय उठाउदै उनले भने, “यो अहंकारी गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्छ । यस्तो क्रियाकलाप नगर्न सचेत गराउन चाहन्छु । मान्दै मान्दैन भने मंसिर ४ गते जनताले हिसाबकिताब गर्नेछन् ।”
यता पाँच दलीय सत्तारूढ गठबन्धन आफुले नै बहुमत ल्याउनेमा ढुक्क देखिन्छ । पार्टीगत मतदाता संख्याको अंकगणितले जोडफलका आधारमा गठबन्धन धेरै सिट आफुले जित्नेमा ढुक्क छ । स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनले अधिकांश स्थान जित्नेमा ढुक्क गठबन्धनलाई एमाले एक्लैले गठबन्धनलाई टक्कर दिएको थियो । यद्यपि नेपाली काङ्ग्रेसले राम्रै नतिजा ल्यायो तर गठबन्धनका अन्य दलले राम्रो नतिजा पाएनन् । तर अहिले माहोल अलि अर्कै बनेको देखिन्छ । स्थानीय तहको चुनावमा मुख्य शहरमा स्वतन्त्र उम्मेदवारहरुले बाजि मारेपछी माहोल केही गरम देखिन्छ त्यसैले पनि चुनाव आउनुभन्दा धेरै समय अगाडीदेखि नेताहरु स्थानीय ठाउँमा बढी देखिन्थे ।
पाँच दलीय गठबन्धन भएता पनि यसको भरपुर फाइदा भने नेपाली काङ्ग्रेसले उठाउने एक नेताको दाबी छ । उनले गठबन्धन हुदैमा पार्टीको मतहरुको जोडफलका आधारमा चुनाव जितिने सोच्नु नै गलत रहेको बताउदै जनतालाई पार्टीहरु प्रती वितृष्णा बढ्दै गएकाले विकास गर्नसक्ने, क्षमतावान व्यक्तिलाई बढी रुचाउने बताए । माओवादीसँग हातेमालो गरेका पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि एक कार्यक्रममा यस्तै अभिव्यक्ति दिएका थिए । उनले यो चुनावमा कसले कताबाट हार्छौं थाहा नभएको तर्क गरेका थिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा