सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ०६ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज ५०० रुपैयाँले मूल्य बढेको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ८०० रुपैयाँ थियो ।
यसैगरी,आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ११ सय ८० रुपैयाँ छ । हिजो बुधबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ कायम थियो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा