सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक भएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रहे पटक पनि नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि भट्टराईले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिले संसदबाट २÷२ चोटि पारित विधेयक
प्रमाणीकरण गर्न आलटाल गर्नु,प्रधानन्यायाधीस महाभियोगमा पर्नु,दलहरू आसेपासे पोस्न लाग्नु,बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर भएको निष्कर्ष निकालेका हुन् ।
उनले लोकतन्त्र जोगाउन सबैलाई जिम्मेवार बन्न आग्रह पनि गरका छन्।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्:
इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ!राष्ट्रपतिले संसदबाट२/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु,प्रधानन्यायाधीस महाभियोगमा पर्नु,दलहरू आसेपासे पोस्न लाग्नु,बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्!सबै जिम्मेवार बनौं!
राष्ट्रपति भण्डारीले हिजोसम्म नागरिकता विधेयक प्रमाणीकरण गर्ने १५ दिनको समयसिमा नाघेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा