सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय, टीकापुर । बिहीबारदेखि लगातार परिरहेको पानीका कारण कैलालीको पुर्वी भेग पुरै जलमग्न भएको छ । टीकापुर नगरपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका अधिकांश ठाउँहरु डुबानमा परेका छन् ।
वर्षाका कारण टीकापुर बजार क्षेत्रका प्रायः स्थान पानीले भरिभराउ रहेको टीकापुर उद्योग वाणिज्य संघका सदस्य बम बहादुर वलीले जानकारी दिए ।
उनका अनुसार १ नम्बर वडाको ब्लक नम्बर १४, पुरानो ट्रीनिटी स्कुल अगाडीको बाटो, १७ नम्बर लगायत स्थान जलमग्न छन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) हेम बहादुर शाहीले कतिपय ठाउँहरु आशिंक डुबान भएको जानकारी दिए । टीकापुर बजारका केही ठाउँहरु डुबानमा परे पनि अहिले जेसिबीले पानी निकास गरिरहेको डिएसपी शाहीले बताए । उनका अनुसार टीकापुर नगरपालिका ८ सोनाफाटामा पानी आशिंक रुपमा भरिएर त्यहाँका स्थानीय पुलनजिक गएका छन् भने सोही वडाको बनगाउँका ४० घरधुरी उच्च स्थानमा गएका छन् ।
त्यस्तै वडा नम्बर ३ रामपुरमा २ घर भत्किएको, वडा नम्बर १ स्थित विजयनगर शिविरमा घर भत्किदा एक जना घाइते भएको डिएसपी शाहीले जानकारी दिए । जानकी गाउँपालिकाका केही वडामा पनि वर्षाको प्रभाव परेको उनले जानकारी दिएका छन् । उनका अनुसार जानकी ४ र ७ का करिब ८० घरमा पानी पसेको छ । वडा नम्बर ७ को खरेला, मुनुवा, बेलपुर, गिर्धरपुरमा घरमा पानी पसेको उनले जानकारी दिए । डिएसपी शाहीले अहिलेसम्म मानवीय तथा पशुचौपाया क्षती भने नभएको बताएका छन् ।
नगरपालिकाले समयमै पानी निकासका लागि व्यवस्थापन गर्न नसक्दा वर्षेनि टीकापुर बासी डुबानको चपेटामा परिरहेको एक व्यवसायीले जनाएका छन । यसको उत्तम उपाय नै ढल व्यवस्थापन रहेको उनको भनाई छ ।
यस्तै उता पथरैया नदीको पानीको सतह बढ्दा भजनी नगरपालिका ८ का सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका १६० घर, कान्द्रा नदीले वडा नम्बर ५ का मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० डुवानमा परेको भजनी प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भजनीका प्रमुख इन्स्पेक्टर धर्मेन्द्र खड्काले वडा नम्बर ९ को कुटी गाउँका ३५ जनाको हालसम्म उद्दार गरिसकेको र अहिले पनि त्यसैमा लागेको जानकारी दिए । उनले भजनी हुँदै बग्ने पथरैया, कान्द्रा, काँडा नदीले वडा नं. २, ३, ४, ५, ६, ९ का अधिकांश ठाउँ डुबानमा छन् । यी नदीलाई तलको मोहना नदीले ब्लक गर्ने भएकाले भजनीका अधिकांश ठाउँ डुबानमा पर्ने गरेको बताए । अहिलेसम्म डुबान र बाढीका कारण मानवीय क्षती भने नभएको उनले जनाएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा