सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३१ भाद्र । लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ग्राहकहरु माझ ल्याएको छ ।
यस योजना अन्तर्गत, ग्राहकहरुले ५ लाख सम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजार लाख सम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् ।
हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।
यो योजना यहि भाद्र ३० गते देखि सुरु भईसकेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा