सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भाद्र ३१ । कैलालीको टीकापुर बजारमा हाइमास्ट लाइट जडानको विषयलाई लिएर मेयर–उपमेयर बीच भएको चर्काचर्कि यतिबेला राजनीतिक दलका नेता एवं सरोकारवालाका लागि चासोको विषय बनेको छ ।
निर्वाचित भएको ५ महिना नपुग्दै मेयर रामलाल डगौरा थारु र उपमेयर खडक शाहबीचको अमिलो सम्बन्धले राम्रो सन्देश नगएको एमालेको तर्क छ । नेकपा ९एमाले० टीकापुर नगर कमिटी अध्यक्ष ध्रुब खत्रीले मेयर(उपमेयरबीच सहकार्य हुन नसक्दा यस्तो भएको हुनसक्ने बताउदै उपमेयरले मेयरलाई सल्लाह दिनुपर्ने र सहकार्य गर्नुपर्ने बताए । सेतोखबरसँग कुरा गर्दै उनले केही दिन अगाडी मात्र निर्वाचित भएको १०० दिनमा गरेका उपलब्धि विवरण सार्वजनिकमा पनि उपमेयरले हतारो नगरी मेयरसँग सहकार्य गरेर सार्वजनिक गर्नुपर्ने बताए ।
तर अहिलेको लाइट जडानको विषयमा दुइटैका कुरा आफ्नो ठाउँमा ठिकै भएपनि उपमेयरले उठाएको कुरा सहि भएको उनको तर्क छ । “मेयर–उपमेयर बीच सहकार्य नभएर भइरहेका चर्काचर्किले राम्रो सन्देश दिदैन । जनताले निर्वाचित गरिसकेपछि जनमतको कदर गर्दै दुइटै सहकार्य गरेर काम गर्नुपर्ने हो तर त्यसो भएको देखिदैन यसले नगरको प्रगती, विकासमा असर गर्छ,” उनले भने, “१०० दिने उपलब्धि विवरण सार्वजनिकमा उपमेयरले हतारो गर्नु हुन्थेन, अहिलेको लाइटको कुरा जो छ अगाडी यसमा उपमेयर भनेको कुरा सहि छ ।”
अध्यक्ष खत्रीले अहिले दुईजनाको विवादको सुरुवाती भएकाले यसो नगर्न भन्दै सुझाइएको बताउदै उनले यस्तै अवस्था जारी हुने हो भने एमालेले पनि एक्सन लिने जानकारी दिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा