सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १७ भाद्र । कैलाली जिल्लामा नेपाली कांग्रेसले चुनाव लक्षित “जनतासंग नेपाली काङ्ग्रेस” अभियानमार्फत विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यता संघीय संसद प्रतिनिधि सभा र प्रदेश सभाको लागि प्रत्यक्षतर्फ र समानुपातिक तर्फका उम्मेदवार सिफारिसमा पनि व्यस्त छ ।
नेपाली कांग्रेसका कैलाली जिल्ला सभापति नारायण दत्त भट्टले अहिलेसम्म दुईवटा क्षेत्रको मात्र विवरण आएको जानकारी दिदै आज सबै क्षेत्रको विवरण मागेको र भोलि जिल्लाको बैठक बोलाएकाले भोलि पुर्ण विवरण आउने बताए । अहिले जिल्लामा कांग्रेसका नेता, कार्यकर्तामा उत्साहजनक अवस्था भएकाले आफ्नो पार्टीको भागमा परेका क्षेत्रमा सम्भावना राम्रो देखेको सभापति भट्टले बताए ।
गठबन्धन गरेर चुनावमा जाने पार्टीले निर्णय गरिसकेपछि त्यसको सम्मान गर्दै केन्द्रले कसरी सिट बाँडफाँड गर्छ त्यसलाई स्विकार्दै चुनावी कार्यक्रमलाई तिब्रता दिने उनको भनाई छ ।
सभापति भट्टले नेपाली कांग्रेसले सबैको सम्मान हुने र कसैको अपमान नहुने गरि, पार्टीमा लामो समयदेखि लागेका, खटिएका नेताहरुबाट उम्मेदवार सिफारिसको निर्णय गर्ने प्रयासमा रहेकोसमेत बताउदै सबै हाम्रो हो र यसमा आफ्नो पनि स्वामित्व छ भन्ने आभास दिने गरेर उम्मेदवार सिफारिस गर्नका लागि कोसिस गरिरहेको जानकारी दिए । “पार्टीले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको छ र हामीले त्यसको सम्मान गर्नुपर्छ, अब कैलालीमा कति क्षेत्र हाम्रो भागमा पर्छ त्यसैका आधारमा जनतामाझ जान्छौं तर पाँचै क्षेत्रका उम्मेदवारको सिफारिस भइसकेको छ, भोलि जिल्लाको बैठक बसेर निर्णय हुन्छ,” उनले भने, “काङ्ग्रेसले सबैको सम्मान हुनेगरी र कसैको अपमान नहुनेगरी उम्मेदवार सिफारिस गर्नेछ ।”
चुनाव भनेकै चुनौती हो भन्ने सभापति भट्टले सुरुमै मात्तिने र आत्तिने काम गर्नुहुदैन भन्दै लोकतन्त्रको सुन्दर पक्षको सम्मान गर्दै प्रतिस्पर्धामा जाने र जनतालाई आफ्ना एजेन्डा, योजना, कार्यक्रमबारे जानकारी गराएपछी जनताले जसलाई रोज्छन त्यसमा नै खुशी हुनुपर्ने बताए ।
युवालाई अवसर दिनुपर्ने विषयमा भने उनी बाउ बिनाको छोरो नहुने तर्क गर्दै युवा नेतृत्वमा आउनुपर्ने आवश्यकता रहेको र यो विषयमा आवाज पनि उठिरहे पनि सुरुमा हामी कसैका सन्तति हौं भन्ने हेक्का हुनुपर्ने उनको भनाई छ । मान्छे पढेर भन्दा पनि परेर अनुभवी हुने भन्दै युवा, महिला, दलित, जनजाति सबैलाई मिलाएर जाने जाने प्रयास गरिरहेकोसमेत बताए । आवाज उठिसकेपछी स्वामित्वग्रहण गर्न नसके पार्टी नै नहुने उनको भनाई छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा