सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भाद्र १६ । सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापा नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेका छन् ।
बिहीवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीमा स्वागत गरेकी थिइन । नेकपा (एमाले) कैलालीका पुर्व अध्यक्षसमेत रहेका उनले २२ वर्षसम्म पार्टीमा निरन्तर काम गरेपनि पार्टीले आफुलाई अन्तरघाती गोलि हानेकाले त्यो सहने आँट नभएको भन्दै अब नयाँ दलबाट राजनीतिक यात्रा प्रारम्भ गरेको घोषणा गरेका हुन् ।
उनले पत्रकार सम्मेलनमा बोल्दै भने, “अहिलेको राजनीतिक दलका नेताहरुमा मै खाउँ, म लाउँ, मै बहुमतमा जाउँ भन्ने प्रविर्ती रहेको तर नागरिक उन्मुक्ती पार्टीमा त्यस्तो नभई सबै मिलेर जानुपर्ने भावना भएकाले यसमा जोडिएको हुँ । नागरिक उन्मुक्ति पार्टीले थारु-पहाडी, महिला-पुरुष केही नभनी सबैलाई समान ढंगले मिलाइरहेको र दलका हिसाबले १ नम्बरमा नभए पनि इमानदारीता, भ्रष्टाचार विरुद्ध र सेवा गर्ने काममा अरुभन्दा १ नम्बरमा रहेको कारण मलाई यो पार्टी मन परेको हो ।”
उनले यस विषयमा सबै साथीहरुसँग सल्लाह गर्न नपाएको र हतारमा निर्णय लिए पनि ठिक गरेको समेत बताए । अबको बाँकी राजनीति यसै पार्टीबाट गर्ने समेत बताएका छन् । रेशम चौधरीको प्रशंग जोड्दै छाडा, हत्याराहरु बोडिगार्ड लिएर हिडिरहेको तर निर्दोष मान्छेलाई थुनामै राखिरहेको र अस्पताल लिने बेलाको अवस्था देख्दा नि अर्कै लागेको बताए ।
थापासँगै एमालेका पूर्वसांसद हिमाञ्चल भट्टराई पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । स्थानीय तहको चुनावमा अन्तरघात गरेको भन्दै थापालाई नेकपा (एमाले)ले जिल्ला अध्यक्ष पदबाट हटाएको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा