सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ भाद्र । नेत्र विक्रम चन्द “विप्लव” को नेकपा सहित चार दलिय मोर्चाले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशैभरी देखिएको अवस्थामा राजधानी काठमाडौंमा भने खासै देखिएको छैन ।
मंगलबार बिहानैदेखि देशका अन्य जिल्लामा बजार, यातायात सबै ठप्प परेका छन् । काठमाडौंबाट सम्बन्धित गन्तव्यमा निस्केका लामो दुरीका यात्रुबाहक सवारीसाधनलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यमा पुर्याइरहेको छ ।
यता काठमाडौंमा खासै प्रभाव देखिएको छैन । तथापि केही व्यापारिक संस्थाहरु बन्द छन् भने सवारीसाधन पनि अन्य दिनको तुलनामा कमै चलिरहेका छन् ।
यता कोटेश्वरको राष्ट्रिय वाणिज्य बैंक नजिक एक सार्वजनिक बसमा पाँच छ जनाको अज्ञात समूहले बन्दको अवज्ञा गरेको भन्दै तोडफोड गरेको छन् । बन्दकर्ताले कोटेश्वरदेखि कलंकी हुँदै चक्रपथ परिक्रमा गर्ने महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको प्रहरीले जनाएको छ ।
बन्दकर्ताले उक्त बसमा ढुंगा प्रहार गरी सिसा फुटाएर भागेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ । बन्दलाई कसरी प्रभावकारी बनाउने भन्नेमा बन्दकर्ता लागिरहदा काठमाडौंमा प्रहरीको सुरक्षा केही फितलो देखिएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा