सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ भाद्र । टीकापुर अस्पतालमा भाइरल ज्वरो, स्क्रबटाइफस र डेंगुका बिरामी बढ्न थालेका छन् । मौसममा हुने परिवर्तनका कारण पनि विभिन्न भाइरस ज्वरोका बिरामीहरु बढीरहेका छन् । मुख्यतः यहि मौसममा भाइरल ज्वरोका बिरामी अस्पतालमा बढी आउने भएता पनि अन्य वर्षको तुलनामा यो वर्ष बढेको अस्पतालका चिकित्सकले जानकारी दिनुभएको छ । ज्वरो संगै स्क्रबटाइफसका बिरामी बढी भेटिएको अस्पतालका डा. संवाद खरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले ८ नम्बर ओपिडीमा मात्र दैनिक १३० देखि १४० सम्म बिरामी आउछन् । त्यसमध्ये विभिन्न लक्षणका ६५ प्रतिशत बिरामी ज्वरोकै हुन्छन् । “अहिले दैनिक औसत १४० को हाराहारीमा बिरामी अस्पताल आउनुहुन्छ । तिमध्ये करिब ६५ प्रतिशत ज्वरोका बिरामी हुन्छन्,” डा. खरेलले भन्नुभयो, “ज्वरोका बिरामीसँगै स्क्रबटाइफस, डेंगुका बिरामी पनि बढेको देखियो ।”
पहिलाको जस्तो भाइरल ज्वरो ३ देखि ४ दिनमा निको भएर जान्छ भन्ने गरेता पनि अहिलेको भाइरल ज्वरो भिन्न भएको र यो निको हुन ५ देखि ६ दिन लाग्ने डा. खरेलले बताउनुभयो । कोभिडको स्वरुपमा पनि भाइरलका बिरामी टीकापुर अस्पतालमै रहेको डा. खरेलले जानकारी दिनुभयो । वहाँका अनुसार यहि ज्वरोका बिरामीमा पनि धेरैजसो शंकास्पद कोभिड केस पनि हुन्छन् । केही बिरामीको एन्टिजेन परिक्षण गर्दा पोजिटिभ देखिएकाले अरु शंकास्पदलाई कोभिड परिक्षण गर्न आग्रह गर्दा गर्न नै मान्दैनन् ।
कोरोनाको जोखिम कायमै रहँदा पनि मास्क नलगाउने, भिडभाड बढी गर्ने, खोप लगाइसकेको छौं अब के को चिन्ता भन्दै लापरबाही गर्ने जस्ता गतिविधिले एक किसिमले नागरिकहरुमा डर हराइसकेकाले अझ जोखिम हुनसक्ने वहाँको अनुमान छ ।
वहाँले भाइरल ज्वरोका लक्षण भएका बिरामीहरुमै कतिपयमा स्क्रबटाइफस देखिएको जानकारी दिनुभयो । पहिलेभन्दा अहिले यस्ता बिरामी बढ्न थालेको भन्दै बिरामी भएपछि लापरबाही गरे यसले अरु ज्वरोको अनुपातमा आइसियुसम्म पुर्याउनसक्ने भएकाले समयमै चेकजाँच गराएर औषधि खान आग्रहसमेत गर्नुभयो । वहाँका अनुसार जिउ बढी दुख्ने, टाउको दुख्ने, वान्ता होला जस्तो हुने र अझ बढी चेप्ने बेलामा सुख्खा खोकी भएजस्तो देखिने यसमा लक्षण हुन् । भाइरल ज्वरोका केही बिरामीमा यो देखिएको छ । सुरुवाती चरणमा भए औषधि खाए पनि सञ्चो हुने नत्र पछि यसको कारण शरीर कमजोर हुने, फोक्सो, मुटु, किड्नीमा एकैपटक असर गर्ने डा. खरेलले जानकारी दिनुभयो ।
डा. खरेलले सामान्य ज्वरो आएपनि यदि आफ्नो दैनिकीमा केही असर नपरेको, खाना रुचिरहेको, हिडडुल गरिरहेको भए सिटामोल खाने, तातो पानी, जुवानो पानी खाने, बाफ लिने, सरसफाइमा ध्यान दिने, सफा, पौष्टिक खानेकुरा खाने गर्दा ठिक हुने सुझाउदै यदि ३ दिनसम्म पनि ठिक भएन भने लक्षण अनुसार रगत चेक गरेर औषधि खानुपर्ने नत्र सामान्य ज्वरो बल्झियो भने पछि गार्हो पर्ने बताउनुभयो ।
डा. खरेलले गत वर्षको तुलनामा यो वर्ष मलेरियाका बिरामी भने कम भएको जानकारीसमेत दिनुभयो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा