सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ भाद्र । काठमाडौं महानगर यतिबेला फोहोरको डंगुरले ग्रस्त बनेको छ । फोहोरको यहि अवस्था रहिरहने हो भने अबको केही सातामै काठमाडौंमा महामारी फैलिने निश्चय हो ।
महानगरले फोहोर व्यवस्थापनमा अहिले उल्लेखनीय काम गरिरहे पनि फोहोर फाल्ने सिसडोलस्थित बन्चनेडाँडामा बारम्बार त्यहाँ जनता वा राजनीतिक दलका नेता कार्यकर्ताले फोहोर फाल्न अवरोध गरिरहदा काठमाडौंका विभिन्न ठाउँमा थुप्रीएको फोहोर नै उठ्न सकेको छैन । यसैबीच धरान उपमहानगरपालिकाका मेयरको काठमाडौं भ्रमण पछि फोहोरको विषयमा दिएको चासो र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको चर्काचर्की र त्यसपछि उनका विरुद्ध सामाजिक सञ्जालमा पोस्ट गरिरहेका स्टाटस, भिडियोले नयाँ माहोल सिर्जना भएको छ ।
नेकपा (एमाले) सचिव योगेश भट्टराईले २९ गते संसदमा बोल्दै काठमाडौं महानगरको फोहोर व्यवस्थापन गर्न सरकारको हुति नभएको भन्दै सरकारले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसक्ने दाबीसमेत गरेका थिए । उनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई फोहोर व्यवस्थापन गर्न नेकपा (एमाले) संग सहकार्य गर्न आग्रहसमेत गरेका थिए । जसको भोलिपल्ट देखि नै एमाले निकट राष्ट्रिय युवा संघ नेपालले “काठमाडौंमा चुलिएको फोहोरमैलाको विकराल समस्या विरुद्ध दबाबमूलक” भन्दै सरसफाइ अभियान” सुरुवात गरेको सातौं दिन भइसकेको छ ।
राष्ट्रिय युवा संघले ३० गते बानेश्वरमा महिनौंदेखि थुप्रीएको फोहोर उठाएर सुरु भएको अभियान अहिलेसम्म पनि जारी छ । यो बीचमा बानेश्वर, कालोपुल, गौशाला, गोगंबु, चाबहिल, शान्तिनगर, मीनभवन, कमलपोखरी लगायत ठाउँमा सरसफाइ अभियानसंग फोहोर उठाउने काम गरिएको छ ।
काठमाडौं महानगरको फोहोर महानगरले मात्र उठाउन नसक्ने भन्दै महानगरलाई सरकारले पनि साथ दिनुपर्नेमा सरकार आफै लाचार भएर बसेको आरोप राष्ट्रिय युवा संघको छ । महानगरमा महिनौसम्म फोहोर थुप्रीदा पनि सरकार मूकदर्शक बनेको भन्दै सम्बन्धित निकायलाई नैतिक दबाबस्वरुप राष्ट्रिय युवा संघले यो अभियान अगाडी बढाएको संघले जनाएको छ ।
राष्ट्रिय युवा संघले काठमाडौं महानगर केन्द्रित दबाबमूलक सरसफाइ अभियान चलाइरहँदा के काठमाडौं महानगरभन्दा बाहिरका अन्य नगरपालिकामा फोहोर छैन र? भन्ने प्रश्न स्थानीयले गरेका छन् । चुनाव नजिक आइरहँदा हात्तीको देखाउने दाँत झैं त होइन भन्ने कतिपयको आशंका छ । काठमाडौं महानगर बाहिर पनि फोहोरका डंगुर भएकाले अभियान नै चलाउने भए राष्ट्रिय युवा संघको त्यता पनि ध्यान जानुपर्ने कतिपयको भनाई छ । खैर प्रत्येक ठाउँको सरसफाइ अभियानमा उक्त ठाउँका स्थानीयहरु राष्ट्रिय युवा संघ संगै स्वस्फूर्त रुपमा लागेको देखिन्छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा