सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ असार । सामाखुशी चोकमा रहेको टिभिएस मोटरसाइको विक्रेता इन्फिनिटि टु व्हीलर्स प्रा. लि. ले टिभिएस अपाची आरटिआर १६० फोभि आरटि–एफआइ (TVS Apache RTR 160 4V RT-FI ) विक्रि सुरु गरेको छ । आज सोमबार एक कार्यक्रमका बिच कम्पनिकी अध्यक्ष शोभा पन्तले शो–रुममा उक्त मोटरसाइकलको औपचारिक विक्रि सुरु गर्नुभएको हो ।
हाल कम्पनिबाट अपाची आरटिआर १६० फोभि आरटि–एफआइ (TVS Apache RTR 160 4V RT-FI ) रातो, कालो र निलो रंगमा बजारमा उपलब्ध छ । भने यसको शो–रुम मुल्य ३,७९,९०० तोकिएको कम्पनिले जनाएको छ ।
यो इन्जिन र्काबुरेटर र फ्यूल इजेक्शन अपशनमा छ । यो एन्टि लक ब्रेकिङ सिस्टमले सुसज्जीत भएको बाइक हो । १२ लिं पेट्रोल क्षमता भएको यो मोटरसाइकल जबरदस्त स्पोर्टी लुक्स र परफरमेन्स यसको विशेष गुणहरुमा समावेश छ ।
यो मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्नेछ भने पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्दछ । यसको ३५ देखी ४० कि.मि प्रतिघण्टा माइलेज नै मध्यमवर्गिय नेपालीहरुको पहिलो रोजाइ हुनेमा विश्वास्त हुने आधार हो । यसको टायर, माइलेज र बनोट नेपाली सडकलाई अतिनै सुहाउँदो रहनेमा विश्वास गर्न सकिन्छ ।
विगत ३ बर्षदेखी टिभिएस मोटरसाइकलको विक्रि सुरु गरेको इन्फिनिटिले टिभिएस अपाची आरटिआर १६० फोभि आरटि–एफआई को विक्रि पनि उलेख्य हुने अध्यक्ष पन्तले विश्वास ब्यक्त गरिन् । उनले टिभिएसका सबै खाले मोटरसाइकल तथा स्कुटर विक्रि गर्दै आएको र विक्रि पश्चात पनि ग्राहकहरुको मोटरसाइकल तथा स्कुटरमा समस्या आएमा समाधान गर्ने गरेको बताइन् ।
विशेषता नेपाली सडकलाई सुहाउने यो अपाची आरटिआर १६० फोभि आरटि–एफआइ मोटरसाइकल युवा तथा जागिरेहरुले निकै मनपराउनेमा विश्वस्त रहेको शो–रुमका म्यानेजर प्रभाकर पौडेलले बताए । यसको लुक्स र माइलेज नै यसको मुख्य विशेषता रहेकोले यसको विक्रि उल्लेख्य हुने उनको दावी छ । पौडेलले नजिकिदो दशै, तिहार र छठ पर्वमा थप योजनाहरु सार्वजनिक गरेर विक्रि बढाउने लक्ष्य रहेको जानकारी दिए ।
‘दशै लगायतका पर्वहरुलाई लक्षित गरेर सार्वजनिक भएको यो मोटरसाइलले नेपालीहरुको मन जित्नेमा ढुक्क छु । यसको फिडब्याक राम्रो छ, कुनै द्धिविधा नमानि किन्दा हुन्छ । विक्रि अगाडि र विक्रि पछाडि पनि ग्राहकहरुलाई इन्फिनिटि टु व्हीलर्स ले दिने सेवामा कुनै कमि आउन दिने छैन, ‘शो–रुम म्यानेजर पौडेलले भने ।’
यसअघि असार ९ गते विहिबार टिभिएस मोटरसाइकलको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाची आरटिआर १६० फोभि आरटि–एफआइ (TVS Apache RTR 160 4V RT-FI ) विक्रि सुरु भएको घोषणा गरेको थियो ।
यस्ता छन् टभिएस अपाची आरटिआर १६० फोभि आरटि–एफआइ (TVS Apache RTR 160 4V RT-FI ) को विशेषताहरु :
तस्विर : प्रविण बस्नेत (काजी)
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा