सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ जेठ । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जन पुन विजयी भएका छन्।
दोस्रो कार्यकालका लागि निर्वाचित महर्जनले ४२९४८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३९९३ मत मात्रै पाए।
उपमेयरमा भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्य विजयी भएकी छिन्।
मञ्जलीले २४५६१ मत प्राप्त गर्दा बाबुराजले १७५३६ मत ल्याए।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा