सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० जेठ । निकै नै चाँसोको रुपमा हेरिएको भरतपुर महानगरपालीकाको मेयर पदमा दोस्रो कार्यकालको लागी रेनु दाहाल निर्वाचित हुनुभएको छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी ९(माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल ५२,०३० मत ल्याई विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार विजय सुवेदीलाई १२४४९ मतान्तरले पराजित गरेकी हुन् । पराजित विजय सुवेदीले ३९५८१ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ५२८०३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हिमला गुरुङले ३०६१२ मत ल्याएकी छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा