सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ जेठ । धरान उपमहागनरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार हर्कराज राई (साम्पाङ) निवार्चित भएका छन्। लौरो चिन्ह लिएर चुनावमा होमिएका साम्पाङले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईलाई ४७६२ मतान्तरले पराजित प्रमुखमा चुनिएका हुन् । उनले २०८२१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्दी गठबन्धनबका उम्मेद्वार राईले १६०६९ मत प्राप्त गरेका छन्।
प्रमुखमा एमालेबाट उम्मेद्वार रहेकी मञ्जु भण्डारीले १२८२५ मत मात्र प्राप्त गरिन्।
यसैगरी, उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धनबाट अइन्द्रबिक्रम बेघा निर्वाचित २०५१० मत प्राप्त गरेर निवार्चित भएका छन्। उनले निकटतम प्रतिद्धन्दी एमालेका पदम इस्वोलाई २९०४ मतान्तरले पराजित गरेका छन्। इस्वोले १७६०६ मत प्राप्त गरेका छन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा