सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ जेठ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । आज सम्पन्न मतपरिणाम अनुसार वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन् । होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएका हुन्।
होडाले २८६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले २८१६ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा कांग्रेसका उज्ज्वल अर्याल र सुरेश शाही निर्वाचित भएका छन्। महिला सदस्यतर्फ कांग्रेसका रुपा थापाले जित हासिल गरेकी छिन् भने दलित महिला सदस्यमा कांग्रेसकै कल्पना सुन्दास विजय भएकी छिन्।
हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा