सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ जेठ । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल विजयी भएका छन्।
पाण्डेले निकतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बाबुराम भट्टराईलाई ७५३३ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उनले ३० हजार १३० मत पाए भने एमालेका भट्टराईले २२ हजार ५९७ मत पाए।
त्यस्तै, उपमेयरमा एमालेकी अर्यालले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरुङलाई ७९९४ मतले पराजित गर्दै उपमेयर बनेकी हुन्।
अर्यालले २४९०४ मत प्राप्त गरेकी थिइन भने प्रतिस्पर्धी गुरुङले १६९८० मत पाइन ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा