सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालीकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रामकुमार थापा विजयी भएका छन् ।
उनले निकतमम प्रतिद्धन्दि गीताकुमारी पौडेल अधिकारीलाक्षर्् ५५९ मतले पराजित गरेका हुन् । थापाले १७५२५ मत प्राप्त गर्दा अधिकारीले १६९६६ मत प्राप्त गरेकी छिन् ।
अधिकारी २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयरमा निर्वचित भएकी थिइन ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराईले जित हासिल गरेकी छिन् । उनले निकतम प्रतिस्पर्धी नेकापा एमालेका अम्बिकाप्रसाद खनाललाई पराजित गरेकी हुन् । भट्टराईले १७०७२ मत प्राप्त गर्दा खनालले १६५७४ मत प्राप्त गरेका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा