सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अछाम । अछामको मंगलसेन नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा एमालेका उम्मेदवार पदमबहादुर बोहरा निर्वाचित भएका छन् भने उपमेयरमा एमालेकै संगीता रावल सोडारी विजयी भएकी छन् ।
बोहराले ५ हजार ७ सय ३७ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नमबहादुर शाहीले ५ हजार २ मत प्राप्त गरे ।
उपमेयरमा एमालेकी उम्मेदवार सोडारीले ५ हजार ७ सय १९ मत प्राप्त गरेर विजयी भइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका बम रावलले ३ हजार ७५ मत प्राप्त गरेका थिए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा