सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ जेठ । मध्यपुर थिमी नगरपालिकाको वडा नं ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका सानु काजी राजवाहकसहितको प्यानलै फराकिलो मतान्तरले विजयी भएको छ ।
राजवाहकले नेकपा (एमाले) का उमेदवार दिपेन्द्र थापालाई ५६३ मत अन्तरले पराजित गरेका हुन् । उनले १२२६ मत प्राप्त गरेका छन् भने थापाले ६६३ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाल मजदुर किसान पार्टीका उमेदवार केदार खड्काले ५१५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवास खड्काले १२१ मत प्राप्त गरे ।
महिला वडा सदस्यमा तुइलमाया चक्रधर, दलित महिला सदस्यमा मैया सुन्दास र स्वतन्त्र सदस्यमा उमेश ख्याजु र रन्जय कार्की विजय भए ।
कांग्रेसका गढ मानिएको मध्यपुर थिमि नगरपालिकाका ९ वडा मध्ये १,२,३,५, ६ र ९ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नं ४,७ मा नेकपा एमाले निर्वाचित भएको छ । त्यस्तै, ८ नं वडामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विजयी हासिल गरेको छ ।
मेयर पदमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ बिजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मदन सुन्दर श्रेष्ठलाई ४०६३ मत अन्तरले पराजित गरेका हुन् ।
सुरेन्द्रले १५०९८ मत प्राप्त गरेका छन् भने मदनसुन्दरले ११०३५ मत ल्याए ।
त्यस्तै, उपमेयरमा पनि गठबन्धका साझा उमेदवार नेकपा (माओवादी केन्द्र) का विजय श्रेष्ठ विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उत्तरा नेपाललाई पराजित गरेका हुन् । श्रेष्ठले १२१०२ मत ल्याउँदा नेपालले ८९६३ मत पाइन ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा