सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुमपूर्व। भूमे गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजयी हासिल गरेको छ । भूमेमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो । गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा सबिना बुढा निर्वाचित भएकी छन् । उनीहरु दुवै जना भारी मतका साथ विजयी भएका हुन् ।
अध्यक्षमा विजयी श्रेष्ठले तीन हजार ९७५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा विजयी बुढाले तीन हजार ९५१ मत प्राप्त गरे । यस्तै अध्यक्ष पदका लागि उम्मेदवारी दिएका नेशनल मङ्गोल अर्गनाइजेशन पार्टीका रतनबहादुर बुढाले ५०३ मत प्राप्त गरे । एमाले–कांग्रेस गठबन्धनबाट उपाध्यक्षमा लडेका कमान सिहं डाँगी क्षेत्रीले एक हजार ३५५ मत प्राप्त गरे ।
यस गाउँपालिकामा उम्मेदवारी दिँदा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए । गठबन्धन गर्दा कांग्रेसले पालिका अध्यक्षमा र एमालेबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता भएको थियो । पछि कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
नौवटा वडा रहेको यस गाउँपालिकाको ८ नं वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ । वडा सदस्य सबै माओवादीले जितेको छ । वडा नं ४ एमाले–माओवादीको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादीबाट विजयी भएका छन् । अन्य सबै वडामा माओवादीको प्यानलै विजयी भएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा