सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ बिजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मदन सुन्दर श्रेष्ठलाई पराजित गरेका हुन् ।
थिमिको बोडेमा रहेको कृषि विकास बैँक तालिमा केन्द्रमा जारी मतगणा अनुसार वडा नं ९ को मत नगन्दै सुरेन्द्र मेयरमा निर्वाचित भएका हुन् । वडा नं १ देखी ८ सम्मको मत गणना अनुसार उनले १३५४२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मदनसुन्दर श्रेष्ठको १००१७ मत छ । हाल उनीहरु बिचको मतान्तर ३५२५ छ तर वडा नं ९ मा जम्मा २७०४ मत मात्र खसेको छ । यसहिसाबले ९ नं वडाको सबै मत एमालेलाई गए पनि उनले जित्ने छैनन् । तर यसको आधिकारीक मतपरिणाम भने आउन वाँकि छ ।
मदनसुन्दर २०७४ सालमा नेपाली कांग्रेसका अष्टकुमार कवेलाई हराउदै मेयर पदमा निर्वाचित भएका थिए ।
त्यस्तै, उपमेयरमा पनि गठबन्धका साझा उमेदवार नेकपा (माओवादी केन्द्र) का विजय श्रेष्ठ विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उत्तरा नेपाललाई पराजित गरेका हुन् ।
९ वटा वडा रहेको मध्यपुर थिमिमा नेपाली कांग्रेसले १,२,३,५ र ६ मा वडा अध्यक्ष पदमा जित हासिल गरेको छ भने वडा नं ४,७ मा नेकपा एमाले निर्वाचित भएको छ । भने ८ नं वडामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विजयी भएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा