सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तनहुँ, ३ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी हुनुभएको हो ।
अध्यक्ष चुमान ३९४० मत प्राप्त गरी विजयी भएका छन् भने निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले २२३० मत प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा अर्याल २८४८ मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिस्पर्धी कांग्रेसका पवित्रा गौलीले २१८३ मत प्राप्त गरिन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा