सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, २ जेठ । झक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसको प्यानललै विजयी भएको छ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसले जित हासिल गरेको हो ।
अध्यक्षमा १५११ मतसहित नेपाली कांग्रेसका प्रदिप कार्की विजयी भए । उनले निकतम प्रतिद्धन्दि नेकपा (एमाले) उमेदवारलाई २०६ मतान्तरले हराएका हुन् ।
त्यस्तै, महिला सदस्यमा कल्पना खतिवडा, दलित महिला सदस्यमा रन्जिता त्रिखत्री, खुल्ला वडा सदस्यमा जर्नादन शमा र भगत रानाभाट विजयी भएका छन् ।
सुर्यविनायक वडा नं २ को मतगणना अनुसार मेयर पदमा पनि नेपाली कांंग्रेसका निशान ढुंगेलले १५०५ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्धन्दि नेकपा (एमाले)का बासुदेव थापाले १४१२ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रकी कल्पदिप राईले २०० मत पाएकी छिन भने राप्रपाका राधिका रानाभाटले १७१ पाएकी छिन् ।
वडा नं २ को मत अनुसार उपमेयरमा भने नेकपा एमालेकी सरिता भट्टराईले फराकिलो मतान्तरसहित अग्रता लिएकी छिन् । उपमेयरमा यहाँ कांग्रेसको उम्मेदवार छैन । गठबन्धन गर्दा नेकपा एकीकृत समाजवादीबाट श्यामसुन्दर बस्नेत उपमेयरको उम्मेदवार छन् । भट्टराईले १४६७ मत प्राप्त गर्दा बस्नेतले ६८ मत मात्रै प्राप्त गरेका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा