सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, १ जेठ । मध्यपुर थिमी नगरपालिकाको वडा नं ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका कृष्णहरि आचार्य फराकिलो मतान्तरले विजयी भएका छन् । बोडेको कृषि विकास बैक तालिम केन्द्रमा जारी मतगणना नेकपा (एमाले) का उमेदवारलाई १४०२ मत अन्तरले पराजित गरेका हुन् । आचार्यले २२५२ मत प्राप्त गरेका छन् भने एमालेका उमेदवारले ८५० मत प्राप्त गरेका छन् ।
त्यस्तै, मध्यपुर थिमि–३ को महिला वडा सदस्य, दलित महिला सदस्य एक जना सदस्यमा नेपाली कांग्रेसकै उमेदवार विजयी भएका छन् । भने एक जना वडा सदस्यमा नेकपा (एमाले)को उमेदवार निर्वाचित भएका छन् ।
यसअघिको मतगणनामा मध्यपुर थिमि–१ को वडाअध्यक्षमा नेपाली काँग्रेसका बाबुकाजी डंगोल र २ वडामा कांग्रेसकै श्रीकृष्ण श्रेष्ठ विजयी भईसकेका छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा