सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर विजयी भएका छन्े । बुढामगरले दुई हजार १ सय २२ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार दलजीत रोकाले एक हजार पाँच सय ६ मत ल्याए ।
थवाङमा माओवादी एकातिर र नेपाली कांग्रेस, नेकपा एमाले तथा विप्लव नेतृत्वको नेकपाको तर्फबाट स्वतन्त्र रुपमा दलजित रोकाले उम्मेदवारी दिनुभएको थियो । यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सर्मीला बुढा विजयी हुनुभएको छ । २ हजार १ सय २२ मतका साथ विजयी हुनुभएको हो । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार रायबहादुर पुनले १ हजार ४ सय ६८ मत पाउनु भएको छ ।
पाँच वटा वडा रहेको थबाङमा ४ नम्बर वडामा एमालेको जित भएको र अन्य सबै वडामा माओवादी केन्द्रले नै जितेको थबाङ गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज तिमल्सिनाले जानकारी दिनुभयो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा