सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर, १ जेठ । टीकापुर नगरपालिका वडा नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीको प्यानल विजयी भएको छ। वडाध्यक्षमा बलबीर थारू थारूले ८२० मतसँगै विजय हासिल गरेका हु्न् ।
महिला सदस्यमा ८६२ मतसहितबासमोति कुमारी चौधरी, दलित महिला सदस्यमा सरिता भूलले ८९६ खुला सदस्यमा कन्हैया चौधरीले ८२३ र बलराम चौधरीले ८५६ मत प्राप्त गरेका छन्।
उनका निकतम प्रतिद्धन्दि वडाध्यक्षमा कांग्रेसका अनन्त खड्काले ४६१ र एमालेका विजय सार्कीले ४४७ मत पाएका छन्।
नगरमा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। मेयरमा नागिरक उन्मुक्तिका रामलाल डगौरा थारूले १०६२ मत उपमेयरमा उल्का विकले ९१३ मत पाएका छन्।
नेकपा एमालेका श्याम खत्रीले ५०८ र उपप्रमुखमा उपमा केसीले ३८० मत पाएका छन्। गठबन्धनका प्रमुख नवराज रावलले ४०१, उपप्रमुख खडक शाहले ४०६ मत पाएका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा