सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर ३१ बैशाख । भक्तपुरको मध्यपुर थिमिमा नेपाली कांग्रेसले सुरुवाती खाता खोलेको छ । मध्यपुर थिमि वडा नं १ मा नेपाली कांग्रेसका बाबुकाजी डंगोलसहितको कठबन्धनको पुरै प्यानललै विजयी भएका छन् । वडा अध्यक्ष पदमा डंगोलले १८०५ मतसहित विजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्दी नेकपा (एमाले) का कृष्णकुमार प्याथ ले १२६७ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवारले ११२ मत ल्याएका छन् । त्यस्तै, नेमकिपाले ४१ मत ल्याएको छ ।
त्यसैगरी वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवाहरु विजयी भएका छन् । महिला सदस्य सरस्वती खड्का, दलित महिला सदस्यमा रिमा परियार, कान्छाराम द्वारे तथा नेकपा एमालेका श्याम प्रजापति विजयी भएका छन ।
मध्यपुर थिमि बोडेमा रहेको कृषि विकास बैक तालिमा केन्द्रमा जारी गतगणनामा ३५०८ मत खसेकोमा ४५ मत बदर भएको थियो । सदर ३४६३ मतमध्ये १८०५ मतसहित मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ अग्रस्थानमा छन् भने उनका प्रतिस्पर्धि नेकपा (र्एमाले) का मदनसुन्दर श्रेष्ठ १२६७ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै, राप्रपाका उम्मेदवारले ११२ मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवारले ५२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा १४८७ मतसहित नेकपा (एमाले) की उत्तरा नेपाल अग्रस्थानमा छिन भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विजय श्रेष्ठ ११८७ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै, राप्रपाका उम्मेदवार १२८ मतसहित तेस्रो स्थाानमा आउदा नेमकिपाको उम्मेदवारले ५४ मत प्राप्त गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा