सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दिलमाया शाही/ जुम्ला, ९ फागुन । जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका-८का हरिबहादुर रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि र १३ हजार बिरुवा बाजुराको लागि बेचेका हुन् ।
सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, ‘हुम्लाको सिमिकोटको लागि माग आएको थियो । त्यही मागको आधारमा यस पटक ११ हजार बिरुवा पठाएँ । मेरो नर्सरीमा ४० देखि ५० हजारसम्मको बिरुवा छ ।’
उनले स्याउ नर्सरीबाट वार्षिक चार लाखसम्मको आम्दानी हुने गरेको छ । रोकायाकाे स्याउका बिरुवा गुणस्तरीय रहेकाे भन्दै विभिन्न ठाउँबाट माग आएको दाबी गर्छन् । जुम्लाबाट हवाइजहाजमार्फत स्याउका बिरुवा हुम्लामा पुर्याउने गरिएको छ ।
जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाइ मार्गबाट बिरुवा हुम्ला जाने गरेको रोकायाले बताए । उनले भने, ‘स्याउका प्रतिबिरुवा ७७ रुपैयाँसम्म पर्ने गरेको छ ।’ रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा बेच्ने गरेको रोकाले बताए । ।
४९ हजार बिरुवा निर्यात
जुम्लाको स्याउका बिरुवा बझाङ, बाजुरा, दैलेख, अछामा ,अर्घाखाँची, हुम्ला, कलीकोट र जाजरकोटसम्म निर्यात हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जुम्लाबाट बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भन्नका लागि कृषि विकास कार्यालयले सिफारिस दिने गरेको बागवानी शाखाका प्रमुख सुष्मा बुढाले बताइन् । बुढाका अनुसार यस वर्ष मात्र ४९ हजार स्याउ र ओखरका बिरुवा जुम्लाबाट निर्यात भएका छन ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा