सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
शुक्राचार्य महान् ज्ञानीका साथै राम्रा नीतिकार पनि थिए । शुक्राचार्यले प्रतिपादन गरेका नीतिले आज पनि निकै महत्व राख्ने गर्दछ । शुक्रनीतिमा शुक्राचार्यले यस्ता ९ कुरा बताएका छन् जसलाई कुनै पनि हालतमा लुकाएर राख्नुपर्छ ।
कामक्रियाः कामक्रियामा श्रीमान् श्रीमतीबिचको अत्यन्त गोप्य क्रियाकलाप पनि एक हो । श्रीमान्–श्रीमतीबिचको नीजि कुरा कुनै तेस्रो व्यक्तिलाई थाहा हुनु समस्याका साथै थुप्रै पटक लज्जाको कारण पनि हुनसक्छ ।
धनः तपाईंको धनको जानकारी जति कम मानिसहरुलाई हुन्छ त्यति नै राम्रो मानिन्छ । नभए धेरैजसो मानिस तपाईंको धनको लोभमा तपाईंसँग सम्बन्ध स्थापित गरेर तपाईंलाई क्षती पुर्याउन सक्छ ।
आयुः आयुलाई जति गोप्य राख्न सकियो त्यति नै राम्रो मानिन्छ ।
अपमानः मानिसहरुले आफ्नो अपमानको कुरा सबैसँग गोप्य राख्नुपर्ने हुन्छ । यो कुरा दोस्रो व्यक्तिलाई पनि थाहा हुँदा उनले पनि तपाईंको सम्मान गर्न छोड्छ र तपाईं हाँसोको पात्र बन्न सक्नुहुनेछ ।
औषधीः तपाईंको डाक्टरले तपाईंबारे विभिन्न नीजि कुरा थाहा पाएको हुन्छ । तपाईंको दुश्मन वा तपाईंमाथि डाहा गर्ने व्यक्तिले चिकित्सकको सहयोगमार्फत तपाईंलाई समस्यामा पार्न सक्छन् र लज्जाको कारण बन्न सक्छन् ।
दानः जो व्यक्ति अरुको तारिफ पाउनका लागि वा मानिसहरुबिच आफ्नो महानता दर्साउनका लागि आफूले गरेको दान देखाउँछ, त्यसको फल कहिले पनि प्राप्त गर्दैन ।
मान–सम्मानः आफ्नो मान–सम्मानको देखावटी गर्दा मानिसहरुको नजरमा तपाईंप्रति घृणाको भाव पैदा हुनसक्छ । साथै, यो बानीका कारण तपाईं आफ्नैसँग पनि टाढा हुनसक्नुहुन्छ ।
मन्त्रः भगवानको कृपा पाउनका लागि तपाईं जुन मन्त्रको जप गर्नुहुन्छ त्यो पनि कसैलाई भन्नु हुँदैन । जसले आफ्नो पूजा–पाठ र मन्त्रलाई गोप्य राख्छ, ती व्यक्तिले मात्र फल पाउँछन् ।
गृह दोषः गृह सम्बन्धि दोषको वर्णन कसैलाई भन्नु समस्याको कारण बन्न सक्छ । गृह शान्तिका लागि गरिने उपायको वर्णन गर्दा त्यसको फल पाइँदैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा