सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालले बंगलादेशसँग ८३ रनको हार व्यहोरेको छ । दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
मंगलबार कक्स बजारस्थित शेख कमल अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर व्याटिङ पाएको बंगलादेशले नेपालसामु २५८ रनको चुनौति पेश गरेको थियो ।
सेख कमाल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका लागि दिपेन्द्र सिंह ऐरी दिलीप नाथले सर्वाधिक ९८ रनको साझेदारी गरेका थिए। दिलिप नाथ ४१ रनमा आउट भएका थिए भने ऐरी ५६ रनमा आउट भएका थिए। यस्तै बिनोद भण्डारीले बिस्फोटक ब्याटिङ गर्दै ३३ रन बनाएका थिए। उनले मात्र २३ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए। पहिलो पटक डेब्यु गरेका आसिफ खेखले १२ तथा मेहबुब आलमले १० रन बनाएका थिए। अरू ब्याट्मेनले खुलेर खेल्न सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १५७ रन बनाएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा