सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अष्ट्रेलियाको क्विन्जल्याण्डतर्फ अघि बढिरहेको एउटा शक्तिशाली ‘साइक्लोन’ले नजिकैका टापुमा अवस्थित पर्यटकिय क्षेत्रमा प्रभाव पारेको छ।
तटिय नगरहरुबाट हजारौँ मान्छेलाई सुरक्षित स्थानमा लगिएको छ र घरहरुलाई बालुवा भरिएका बोराले घेरेर राखिएका छन्। साथै झ्याल ढोकालाई सुरक्षित पारिएका छन्।
क्विन्जल्याण्ड प्रान्तकी सरकार प्रमुख एनसटेजा प्यालासेले ‘डेबी’ नामक उक्त ‘साइक्लोन’लाई राक्षसको संज्ञा दिएकी छन् र आफ्नो राज्यले एउटा लामो र कठिन दिन खेपिरहेको बताएकी छन्।
क्विन्जल्याण्ड पार गर्ने क्रममा उक्त ‘साइक्लोन’ क्याटेगोरी फोरको आँधीका रुपमा २ सय ८० किलोमिटर प्रतिघण्टा सम्मको वेगले अघि बढ्ने ठानिएको छ।
कैयौँ दिनका आपतकालीन योजना र सामूहिक उद्दार कार्य अघि बढाएर अष्ट्रेलियाली अधिकारीहरुले उक्त चक्रवातसँग जुध्ने पूर्व तयारी गरेका थिए।
उक्त आँधीले कैयौँ घण्टासम्म भीषण वर्षा गराउने र ठूलो हुण्डरी ल्याउने भविष्यवाणी गरिएको छ।
क्विन्जल्याण्ड राज्य भरी थप प्रहरी र स्वास्थ्य अधिकारीहरु खटाइएका छन्।
तर सर्वसाधारणलाई आपतकालीन उद्दारकर्ताहरुले सहयोगको प्रत्येक आग्रहमा प्रतिक्रिया जनाउन नसक्ने चेतावनी पनि दिइएको छ।
अष्ट्रेलियाको एउटा कुनामा अवस्थित क्विन्जल्याण्ड ‘साइक्लोन’ले ल्याउन क्षतिबारे अभ्यस्त एवं जानकार छ।
तर आँधीवेहरीसँग जुध्ने तयारी गरिरहँदा मानिसहरु तनावमा देखिएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा