सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १० चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि आज चीन जाँदै छन् । प्रधानमन्त्री दाहाल आज राति ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उड्नेछन् । बोआओ फोरमको सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल चीन जान लागेका हुन ।चीन भ्रमणका क्रममा उनले चीनीयाँ राष्ट्रपति सि जिनपिङ्सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहालले सिलाई जम्मा १५ मिनेट भेट गर्ने कार्यक्रम रहेको छ। उक्त १५ मिनेटको छोटो भेटमा प्रधानमन्त्री दाहालले महत्वपूर्ण ७ एजेण्डाहरु तय गरेका छन्।
प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार उनले तय गरेका ७ एजेण्डामध्ये पहिलो नम्बरमा चीनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा दिने, दोस्रोमा नेपाल–चीनवीच भएका सन्धि–सम्झौता समिक्षा गर्ने, तेस्रोमा उत्तरी नाकाहरु सञ्चालन गर्ने र नयाँ नाकाहरु खोल्नेबारे प्रस्ताव राख्ने रहेका छन्।त्यस्तै चौथो एजेण्डामा रेलमार्ग कुरा गर्ने, पाँचौमा इकोनोमिक जोनबारे कुरा गर्ने, छैटौंमा हाईड्रोपावर र ओबीआरबारे छलफल गर्ने र सातौंमा नेपालको चुनाव, शान्ति प्रक्रिया, राजनीतिक घट्नाक्रमका बारेमा द्धिपक्षीय कुराकानी गर्ने रहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा