सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
९ चैत, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नेपाली कांग्रेसको पक्षमा पार्नुपर्ने बताएका छन् । उनले स्थानीय तहको निर्वाचन कांग्रेसको लागि जीवन मरणको लडाईं भएको बताए ।मोरङको विराटनगरमा बुधबार आयोजित कार्यक्रममा कोइरालाले भने, ‘यतिका वर्षपछि हुन लागेको यो निर्वाचनको मत परिमाण हाम्रो पार्टीको पक्षमा आउनु पर्छ । पार्टी पंक्ति सोहीअनुसार परिचालन हुन आवश्यक छ ।’
नेता कोइरालाले निर्वाचनलाई लक्षित गरेर घरदैलो कार्यक्रम संचालन गर्नपनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए । गुटबन्दी गर्ने जो कोहीलाई पार्टीले कार्वाही गर्ने कोइरालाले चेतावनी दिए ।उनले निर्वाचनमा स्थानीय तहमा रुचाईका साझा व्यक्ति उम्मेदवारका रुपमा अघि सार्नुपर्ने धारणा पनि राखे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा