सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वासिङटन – अमेरिकाले मध्यपूर्वका १० विमानस्थलबाट अमेरिका आउने हवाइजहाजमा मोबाइलभन्दा ठूला विद्युतीय उपकरण बोक्न प्रतिबन्ध लगाएको छ ।
सुरक्षा संवेदनशीलताको कारण देखाउँदै ल्यापटप, आइप्याड, ट्याब्लेट, क्यामेराजस्ता उपकरणमा रोक लगाएको खबर आजको कान्तिपुरले छापेको छ ।
विद्रोही समूहले विद्युतीय उपकरणमार्फत विस्फोटक पदार्थहरु ओसारपसार गर्ने भएकोले उक्त प्रतिबन्ध लगाएको अमेरिकी प्रशासनले बताएको छ ।
प्रतिबन्ध लागेका विमानस्थलहरुमा कायरो, इस्तानबुल, कुवेत सिटी, दोहा, अम्मान, रियाद, जेदा, दुबाइ र अबुधावी छन् । यो प्रतिबन्धबाट ९ एयरलाइन्स प्रभावित हुनेछन् । ती विमानहरु मध्यपूर्वबाट अमेरिका सिधा उडान भर्ने गर्छन् । अमेरिकी एयरलाइन्स भने उक्त प्रतिबन्धबाट प्रभावित हुने छैनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा